युक्रेनद्वारा रूसी तेल तथा ऊर्जा केन्द्रमा हमला

राष्ट्रपाटी न्युज

१० मंसिर २०८१

काठमाडौं । युक्रेनले सोमबार रूसी क्षेत्र कालुगाको इन्धन तथा ऊर्जा सुविधामा ड्रोन हमला गरेको युक्रेनी सैन्य गुप्तचरको स्रोतले जनाएको छ ।

युक्रेनी सहर खार्किभका अधिकारीहरूले रूसको सीमा नजिकैको सहरको केन्द्रमा रूसी क्षेप्यास्त्र प्रहारबाट १९ जना घाइते भएको बताएका छन् । पछिल्लो समयमा मस्को र किएभले सीमापार ड्रोन तथा क्षेप्यास्त्र आक्रमणलाई तीव्र बनाइरहेका छन् ।

रूसले गत हप्ता युक्रेनमा नयाँ ओरेसनिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ ।“युक्रेनको डिफेन्स इन्टेलिजेन्स” को अपरेसन परिणाम स्वरूप, रूसको कालुगा क्षेत्र स्थित इन्धन तथा ऊर्जा सुविधामा रातारात आक्रमण भएको स्रोतले जनाएको छ ।कालुगाका रूसी गभर्नरले यस क्षेत्रमा भएको ड्रोन हमलाबाट एउटा “औद्योगिक उद्यम“ मासमेत आगलागी भएको पुष्टि गरेका छन्  ।

स्रोतका अनुसार आक्रमणको लक्ष्य कालुगानेफ्टप्रोडक्ट जेएससीको तेल डिपो थियो, जुन युक्रेनविरुद्ध रूसको सशस्त्र आक्रमणलाई समर्थन गर्नका लागी प्रयोगमा छ ।

यसै क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत हप्ता निप्रो सहरमा गरिएको आक्रमण सबैभन्दा नयाँ रूसी मध्य-दूरी मिसाइल प्रणाली मध्ये एक रहेको बताउदै त्यस्ता थप “परीक्षणहरू“ गर्ने वाचा गरेका छन्  ।  (रासस)


Published :१० मंसिर २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media