सेयर बजारमा एकल अंकको करेक्सन, ८ अर्बको कारोबार

राष्ट्रपाटी न्युज

१३ मंसिर २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा एकल अंकको करेक्सन आएको छ। साताको चारदिन निरन्तर उकालो लागेको नेप्से परिसूचक आज ८.३० अंकले घटेको हो ।

साताको चार कारोबार दिन आइतबार, सोमबार, मंगलबार र बुधबार नेप्से परिसूचकले निरन्तर उकालो यात्रा तय गरेको थियो। नेप्से परिसूचक आइतबार १३  सोमबार १५ ,मंगलबार ३३ र बुधबार ३८.८१ अंकले बढेर बन्द भएको थियो।

नेप्से घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा  घटेको छ। बुधबार ९ अर्ब माथिको सेयर कारोबार भएको थियो। आज ३०७ स्क्रिप्सको १ करोड ६६  लाख ६३ हजार ३५५ कित्ता सेयर ८ अर्ब  ५४ करोड ५५ लाख २५ हजार ३७३ रुपैयाँमा खरिदबिक्री भए।

एकल अंकले घटेको सेयर बजारमा दुईवटा कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बिशाल बजार कम्पनी र विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो। यसैगरी सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर ९.९८ प्रतिशतले बढ्दा पाँचथर पावरको ८.३३ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेसनको ८.११ प्रतिशतले बढेको हो।


Published :१३ मंसिर २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media