काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार २४.९७ अंकले घटेको नेप्से आज १५.९३ अंकले घटेर २७३४.९३ विन्दुमा अडिएको छ। त्यसअघि मंगलबार नेप्से परिसूचक १७.८० अंकले बढेको थियो।
सेन्सेटिभ इण्डेक्स ५.०२ अंकले घटेर ४६४.०१ विन्दुमा अडिएको छ। नेप्से घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ। यसदिन ३०७ स्क्रिप्सको १ करोड ६७ लाख ९७ हजार ७२७ कित्ता सेयर ८ अर्ब ३६ करोड ९६ लाख ८६ हजार ४०२ रुपैयाँमा कारोबार भयो।
अघिल्लो दिन ९ अर्ब १३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएन। खानीखोला हाइड्रोपावरको सेयर ९.९८ प्रतिशतले बढ्दा सुपर मादी हाइड्रोपावरको ९.९५,मानुषी लघुवित्त वित्तीय संस्थाको ९.८१ र लाइफ इन्स्योरेन्स कर्पोरेसनको ७.९९ प्रतिशतले मूल्य बढ्यो।
कारोबार रकमका आधारमा नेपाल फाइनान्स समूह शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ४२ करोड मूल्य बराबरको सेयर कारोबार भयो। यसैगरी एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको २९ करोड,लाइफ इन्स्योरेन्स र रसुवागढी हाइड्रोपावरको २०/२० करोडको सेयर कारोबार भयो ।