प्रधानमन्त्री ओलीले आज दमकको बिजनेश टावरको उद्घाटन गर्ने

राष्ट्रपाटी न्युज

२३ मंसिर २०८१

झापा । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली दुईदिने गृहजिल्ला भ्रमणका लागि आज झापा आउने भएका छन् ।

जिल्लामा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री झापा आउने तयारी भएको हो ।

आज र भोलि झापामा आयोजना हुने कार्यक्रमहरुमा उनी सहभागी हुनेछन्। आजको मुख्य कार्यक्रम दमकमा निर्माण भएको विजनेश टावरको उद्घाटन रहेको छ ।

आज दिउँसो १२ बजे ओलीले मेचीनगर–४ स्थित मानबसेवा आश्रममा भवनको शिलान्यास तथा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

त्यसपछि साढे १ बजे दमक –३ स्थित नवनिर्मित बिजनेस टावरको समुद्घाटन गर्ने कार्यक्रम रहेको एमाले झापाले जनाएको छ।

भोलिको पहिलो कार्यक्रम १० बजे बेलडाँगी खानेपानी उद्घाटन गर्ने रहेको छ । ११ बजे गौरादह नगरपालिका अन्तर्गत महारानी झोडा (स्कुलचौन) मा जग्गाधनीपुर्जा बितरण, १२: ३० बजे गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन गर्दै बिर्तामोड फर्किने कार्यक्रम रहेको छ ।

बिर्तामोडमा २ बजे सिटी सेन्टरमा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्ने एमालेले जनाएको छ।


Published :२३ मंसिर २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media