माओवादीले माग्यो सार्वजनिक लेखा समितिका सभापतिको राजीनामा

काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई राजीनामा दिन आग्रह गरेको छ । पोखरेलकी श्रीमती अञ्जलाविरुद्ध सहकारीको बचत ठगीको आरोपमा पक्राउ पूर्जी जारी भएको छ ।

श्रीमतीविरुद्ध पक्राउ पूर्जी जारी हुने तर श्रीमान् भने संसदको महत्वपूर्ण समितिको सभापतिकै रूपमा बस्नु कानुनी र नैतिक हिसाबले उचित नहुने माओवादीको माग छ । पोखरेल सभापति रहेसम्म श्रीमतीमाथिको अनुसन्धान पनि प्रभावित हुने माओवादीका सांसद अमनलाल मोदीको भनाइ छ ।

सार्वजनिक रूपमा प्रश्न उठिसकेको व्यक्ति लेखा समितिको सभापति पदमा बसिरहन नमिल्ने मोदीको भनाइ छ । सार्वजनिक लेखा समितिलाई सरकारको छाया बनाइएको पनि उहाँकाे आरोप छ । तर एमाले र कांग्रेसका सांसदहरुले भने सभापति ऋषिकेश पोखरेलको बचाउ गर्दै राजीनामा दिनुपर्ने कुनै बाध्यता नभएको बताएका छन् ।


Published :८ पुष २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media