विस्फोटमा परी चार इजरायली सैनिकको मृत्यु

जेरुसेलम । उत्तरी गाजा पट्टीमा चार इजरायली सैनिकको मृत्यु भएको इजरायली रक्षा बल (आईडीएफ) ले एक विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

इजरायलको सरकारी स्वामित्वमा रहेको कान टीभी न्यूजले बेइट हानौन सहरमा सैन्य गाडीमा सवार हुने क्रममा तीन लडाकु र एक सैनिक चालकको मृत्यु भएको जनाएको छ।

सेनाका अनुसार घटनामा एक ब्रिगेड अधिकृत र एक सैनिक पनि गम्भीर घाइते भएका छन्। कानले पानी परिरहेको बेला उक्त घटना भएको जनाएको छ। आईडीएफले लडाकुहरूले एकैसाथ गोली चलाएको हो कि भनेर अनुसन्धान गरिरहेको छ। (रासस/सिन्ह्वा)


Published :पुस २८, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media