हमास र इजरायलबीच युद्धविराम

जेरुसेलम । हमास र इजरायल १५ महिना लामो युद्ध अन्त्यको टुङ्गोमा पुगेका छन्। आइतबारदेखि लागु हुने गरी युद्ध विरामको सहमति भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्ध विराम भएको घोषणा गरेका छन्। युद्ध विराम अनुसार हमासले बन्दी बनाएकाको रिहाइ हुनेछ भने गाजाबाट इजरायली सेना हट्ने छ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटिरेसले युद्धले भएको क्षतिमा राहत दिने लक्ष्य भएको बताउँदै प्यालेस्टाइनीमा आवश्यक सहयोग गर्ने बताए। आइतबार युद्ध विराम हुने भनिए पनि बुधबारसम्म इजरायलले आक्रमण जारी राखेको छ।

हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार भएको आक्रमणमा २० जनाको ज्यान गएको हो।

७ अक्टोबर २०२३ मा हमासले गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो भने २५१ जनालाई बन्दी बनाइएको थियो। यसको प्रत्याक्रमणमा इजरायलले गरेको आक्रमणमा ४६ हजार भन्दा बढीको ज्यान गएको छ। अहिले ९४ जना बन्दी अझै रिहा हुन बाँकी छन्। ३४ जना भने मारिएको अनुमान गरिएको छ।


Published :माघ ३, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media