भारतमा मिनी ट्रकले भ्यानलाई ठक्कर दिँदा नौ जनाको मृत्यु, ६ जना घाइते

काठमाडौँ । पश्चिमी भारतको महाराष्ट्र राज्यमा शुक्रबार तीव्र गतिमा रहेको मिनी ट्रकले भ्यानलाई ठक्कर दिँदा कम्तीमा नौ जनाको मृत्यु हुनुको साथै अन्य ६जना घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटना महाराष्ट्रको राजधानी सहर मुम्बईबाट करिब १८५ किलोमिटर पूर्वमा पुणे जिल्लाको नारायणगाउँ नजिक पुणे–नासिक राजमार्गमा भएको हो।

दुर्घटना लगत्तै स्थानीयवासी र प्रहरी घटनास्थलमा पुगेर घाइतेहरुलाई नजिकैको अस्पतालमा लगेका थिए।

प्रहरीले मुद्दा दर्ता गरी दुर्घटनाको अनुसन्धान गर्न आदेश दिएको छ। भारतमा ओभरलोडिङ, सडकको खराब अवस्था र लापरबाहीका कारण सडक दुर्घटना हुने गरेको छ । (रासस)


Published :माघ ४, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media