बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो।

निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले वृद्धि गरेको हो। भारतबाट मूल्य बढेर आएपछि निगमले नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो।

यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १६० रुपैयाँ पुगेको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ। नयाँ मूल्य राति १२ बजेपछि लागू हुनेछ ।

 


Published :१८ माघ २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media