भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

काठमाडौँ । भारतीय वायुसेना (आईएएफ) को लडाकू विमान मिराज–२००० बिहीबार मध्य प्रदेशमा नियमित प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।

विमानमा रहेका दुवै पाइलट सुरक्षित रूपमा निस्किएर बाँच्न सफल भएका छन्।

मध्य प्रदेशको राजधानी भोपालबाट ३८४ किलोमिटर उत्तरमा रहेको शिवपुरी जिल्लाको सुनारी चौकी नजिकै विमान दुर्घटना भएको हो।

स्थानीय सञ्चारमाध्यमका अनुसार पाइलट घाइते भएका छन्।

दुर्घटनापछि विमानको भित्री भागमा ठूलो आगोको लप्को देखिएको थियो, जुन सामाजिक सञ्जालमा पनि छाइरहेको छ।

दुर्घटनाको कारण अहिले थाहा हुन सकेको छैन। भारतीय वायुसेनाले घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ। (रासस/सिन्ह्वा)


Published :माघ २४, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media