काठमाडौँ । प्यालेष्टिनी लडाकु समूह हमासले आज ३ जना इजरायली बन्धकहरुलाई रिहा गरेको छ ।
रिहा भएका इजरायली नागरिकहरुमा ५६ वर्षीय ओहाद बेन अमी, ५२ वर्षीय एली शाराबी र ३४ वर्षीय ओर लेभी गरी ३ जना पुरुष रहेका छन् ।
त्यसको बदलामा इजरायलले पनि इजरायी जेलमा रहेका १सय ८३ जनालाई रिहा गर्देछ । अक्टोबर ७, २०२३ मा हमासका लडाकुले एक्कासी दक्षिणी इजरायलमा आक्रमण गर्दा शाराबीलाई किबुट्ज बेरीबाट अपहरण गरिएको गरेका थिए । शारावीको श्रीमती र छोरीहरूलाई भने हमासका लडाकुले हत्या गरेका थिए । उनका भाइ योसीलाई अपहरण गरेर हमासले गाजामा लगेको थियो उनको मृत्यु भएको पुष्टि भएको छ । त्यस्तै अमी र उनकी श्रीमती अपहरणमा परेका थिए । उनकी श्रीमतिलाई हमासले रिहा गरिसकेको छ ।
त्यस्तै लेभी र उनकी पत्नी एनाभलाई हमासका लडाकुले अपहरण गरेकामा उनकी पत्नीको हत्या गरिएको छ । गत जनवरी १९ मा हमास र इजरायल बीच युद्धविराम सम्झौता भएको थियो । त्यसकै आधारमा बन्दीहरु रिहा भइरहेका हुन् ।
युद्धविराम लागु भएपछिको पाँचौँ पटकमा छाडिएका उनीहरू सबै सर्वसाधारण मानिसहरू हुन्। हमासले झन्डै १२ सय जनाको ज्यान लिने र २५१ जनालाई बन्धक बनाउने गरी इजरायल भित्र प्रवेश गरेर अक्टोबर ७ मा हमला गरेपछि इजरायलले उनीहरूलाई नष्ट पार्ने भन्दै प्योसटाइनको गाजामा सैन्य कारबाही थालेको थियो। (एजेन्सी)