कांग्रेसभित्र बलियो एकता हुन सके पार्टीलाई कुनै शक्तिले परास्त गर्न सक्दैनः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताबद्ध भएर अघि बढे बहुमत ल्याएर चुनाव जित्ने दाबी गरेका छन्। आइतबार नेपाली कांग्रेस जिल्ला समिति दाङले घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टीलाई एकताबद्ध भएर अघि बढाउनुपर्ने बताएका हुन्।

सभापति देउवाले कांग्रेसभित्र बलियो एकता हुन सके पार्टीलाई कुनै शक्तिले परास्त गर्न नसक्ने बताए। उनले सबै मिलेर बसेको समाजलाई पनि एक भएर अघि बढाउनुपर्ने बताए।

देउवाले दाङमा आवश्यक पूर्वाधार निर्माणका लागि आफू प्रतिबद्ध रहेको धारणा राखे। उनले दाङमा रहेको विमानस्थल स्तरवृद्धि अपरिहार्य रहेको भन्दै तुलसीपुरमा रहेको विमानस्थल स्तरवृद्धिका लागि प्रधानमन्त्रीसँग छलफल गर्ने बताए।


Published :२७ माघ २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media