पाकिस्तानमा सैन्य कारबाहीमा पाँच आतङ्ककारी मारिए

काठमाडौँ । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सैन्य कारबाहीका क्रममा पाँच आतङ्ककारीको मृत्यु भएको प्रहरी काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी) ले सोमबार जनाएको छ।

सीटीडीका कर्मचारीहरूले यस क्षेत्रमा आतङ्ककारीहरूको उपस्थितिको सूचनाको आधारमा प्रान्तको करक जिल्लामा गुप्तचरमा आधारित अपरेशन सञ्चालन गरेका थिए।

मारिएका आतङ्ककारी प्रतिबन्धित तहरीक–ए–तालिबान पाकिस्तानका थिए। सुरक्षा बलहरूले उक्त क्षेत्रमा आतङ्कवाद विरुद्ध आफ्नो प्रयासलाई तीव्र पारेका छन्। शान्ति र स्थिरता सुनिश्चित गर्न सैन्य अपरेशनहरू जारी छन्।

सीटीडीले आतङ्कवादीहरूको लुकेको ठाउँबाट ठूलो मात्रामा हातहतियार र गोलाबारुद पनि बरामद गरेको छ। आतङ्ककारीका सहयोगीलाई पक्राउ गर्न आसपासका क्षेत्रमा खोजी अभियान पनि चलाइएको छ । (रासस)


Published :२८ माघ २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media