छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । रुपन्देही जिल्ला अदालतले नेपाल प्रहरीका (पूर्वडिआइजी) छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

बुटवलको सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा रुपन्देही जिल्ला अदालतमा सोमबार भएको थुनछेक बहसपछि न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

आजै रुपन्देही अदालत हाजिर भएका जोशीमाथि थुनछेक बहस हुँदा पछि ठहरे बमोजिम हुने गरेर अहिलेलाई उनलाई थुनामा पठाइएको हो ।

यो मुद्दामा पूर्व डीआईजी जोशीसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कमा अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई लगायतलाई प्रतिवादी बनाइएको छ ।

लामिछाने यसअघि रूपन्देही जिल्ला अदालतमा १ करोड रुपैयाँ धरौटी लिएर बुझाएर तारेखका रिहा भएका थिए ।


Published :२८ माघ २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media