चार प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने

काठमाडौँ । देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

जसका कारण कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहेको छ। मध्य र पूर्वी तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

यसैगरी, राति कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ।  बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा राति पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


Published :३० माघ २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media