काठमाडौं – निजी विद्यालयहरूको छाता संगठन नेसनल प्याब्सनको आठौं राष्ट्रिय महाधिवेशन आगामी फाल्गुन १५ र १६ गते सम्पन्न हुने भएको छ। महाधिवेशनको तयारीलाई गति दिन विभिन्न समितिहरू गठन गरिएको छ।
यसैबीच बुढानीलकण्ठ नगरपालिका कपनमा रहेको महाधिवेशन सम्पर्क कार्यालयको एक विशेष समारोहबीच उद्घाटन गरिएको छ।
केन्द्रीय समितिको निर्णय अनुसार सूर्य बहादुर अधिकारीलाई सम्पर्क कार्यालय संयोजकको रूपमा चयन गरिएको छ भने राजेश्वर तिवारीलाई सम्पर्क कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ।
तिवारीले जिम्बेवारी सम्हाल्दै महाधिवेशनको तयारी युद्वस्तरमा अगाडी बढ्ने जानकारी दिएका छन्।