निजामती कर्मचारी सेवामा चौधौं तह रहने सहमति

राष्ट्रपाटी न्युज

१ फाल्गुन २०८१

काठमाडौं । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवाका श्रेणी र तहका विषयमा सहमति जुटाएको छ। सिंहदरबारमा बिहीबार बसेको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि भएको छलफलका क्रममा दफा ६ रहेको निजामती सेवाका श्रेणी र तहका विषयमा सहमति जुटाएको हो । जस अनुसार निजामति कर्मचारी सेवामा चौधौं तह रहने भएको छ।

त्यस्तै बैठकमा दफा ७ मा रहेको कार्यविवरण र कार्यसम्झौतामा विषयमा पनि छलफल भएको थियो । छलफलका क्रममा सांसदहरुले कुनै स्थानमा सरुवा हुने वित्तिकै कार्यमूल्याङ्कन गर्न उचित नहुने धारणा राखेका थिए । सांसद रघुजी पन्तले कार्यसम्पादन मूल्याङ्कन गर्दा कार्यप्रकृति बुझेर काम सुरु गरेपछि मात्रै गर्नुपर्ने धारणा राखे।

त्यस्तै सांसद हितराज पाण्डेले कार्यसम्पादन मूल्याङ्कन गर्दा दुई वर्ष वा समयअवधि तोकेर सरुवा गर्न नपाइने व्यवस्था राख्नुपर्ने बताए ।


Published :१ फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media