इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु

राष्ट्रपाटी न्युज

४ फाल्गुन २०८१

काठमाडौँ । गाजा पट्टीमा आइतबार इजरायली हवाई आक्रमणमा कम्तीमा तीन प्रहरी अधिकारीको मृत्यु भएको प्यालेस्टिनी स्रोतले जनाएको छ।

इजरायली सेनाका प्रवक्ताले दक्षिणी गाजामा ड्रोनद्वारा गरिएको आक्रमणले सशस्त्र व्यक्तिहरूलाई निशाना बनाएको एक विज्ञप्तिमार्फत जनाएको छ।

प्यालेस्टाइनको आन्तरिक तथा राष्ट्रिय सुरक्षा मन्त्रालयले रफाहको पूर्वमा अल–शौका क्षेत्रमा मानवीय सहायता पु-याउने क्रममा अधिकारीहरूमाथि आक्रमण भएको एक विज्ञप्तिमा उल्लेख गरेको छ।

मन्त्रालयले आक्रमणको निन्दा गरेको छ। साथै, अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूलाई इजरायललाई पुलिस बलहरूमा आक्रमण रोक्न दबाब दिन आग्रह गरेको छ। जनवरी १९ मा लागू भएको हमाससँगको युद्धविरामको बावजुद इजरायलले गाजामा धेरै हवाई आक्रमण गरिरहेको छ। (रासस)


Published :४ फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media