भूमिसम्बन्धी अध्यादेशबारे प्रधानमन्त्री ओलीसँग जवाफ माग

राष्ट्रपाटी न्युज

फाल्गुन ४, २०८१

काठमाडौं । सर्वोच्च अदालतले भूमिसम्बन्धी अध्यादेश ल्याउनुको कारणबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ मागेको छ ।

अदालतको अवहेलना मुद्दामा सर्वोच्चले आइतबार कारण देखाऊ आदेश जारी गरेको हो ।

सरकारले गत माघ २ गते ल्याएको भूमिसम्बन्धी अध्यादेशले सर्वोच्चको फैसलाको अपमान भएको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए ।

उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय सारंगा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

झापाको गिरीबन्धु टी स्टेट्ससम्बन्धी फैसला कार्यान्वयन नगरेर उल्टै भूमिसम्बन्धी अध्यादेश ल्याएको भन्दै अधिवक्ता अर्यालललेप्रधानमन्त्री ओलीविरुद्ध माघ २९ गते अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

गिरीबन्धुको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयन नभएको र फैसला कार्यान्वयनमा ओली सरकारले अवरोध गरेको भन्दै अधिवक्ता अर्यालले ओलीलाई पदबाट मुक्त गर्नुपर्नेसमेत माग गरेका थिए ।


Published :फाल्गुन ४, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media