नेप्सेमा आज पनि दोहोरो अंकको वृद्धि

राष्ट्रपाटी न्युज

६ फाल्गुन २०८१

काठमाडौं । साताको तेस्रो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक ११.९१ अंकले बढेर २७३९.८२ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ०.१७ अंकले बढेर ४५९.८८ विन्दुमा अडिएको छ। कारोबार रकम सोमबारको तुलनामा वृद्धि भएको छ। सोमबार १० अर्ब ४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। त्यसअघि साताको पहिलो कारोबार दिन आइतबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको थियो। सो दिन ९ अर्ब ४७ करोड बराबरको सेयर कारोबार भएको थियो।

यसदिन ३१४ स्क्रिप्सको १ करोड ८२ लाख  ३० हजार ३०२ कित्ता सेयर १० अर्ब ४३ करोड ७० लाख  ६ हजार २१४ रुपैयाँमा खरिदबिक्री भए। चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सप्तकोशी  डेभलपमेन्ट बैंक र केबीएल डिवेन्चर २०८६ का लगानीकर्ताले भने गुमाए। ती कम्पनीको सेयर १० प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ८२ करोड २ लाख ३६ हजार ९१० रुपैयाँको सेयर कारोबार भयो।

नेपाल रिइन्स्योरेन्स कम्पनीको ५१ करोडको सेयर कारोबार हुँदा पिपुल्स हाइड्रोपावरको २९ करोड,एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको २२ करोड र सीईडीबी होल्डिंगसको २० करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये ८७ वटा स्टक्सक मूल्य बढ्दा १४९ वटाको घट्यो। बाँकी ८ समूहको मूल्य भने स्थिर रह्यो। यसदिन सातवटा समूहको उपसूचक बढ्दा ६ वटाको उपसूचक नकारात्मक देखिएका छन्।


Published :६ फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media