२०८४ को निर्वाचनलाई मध्यनजर गर्दै पार्टीलाई सशक्त बनाउनुपर्छः नेता डा कोइराला

राष्ट्रपाटी न्युज

७ फाल्गुन २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले २०८४ सालको निर्वाचनलाई मध्यनजर गरेर पार्टीलाई सशक्त बनाउनुपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा भएको प्रजातन्त्र सेनानी संघको महाधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले अब सबैको ध्यान आगामी निर्वाचनतर्फ केन्द्रित हुनुपर्ने बताए ।

उनले बीपी कोइरालाले देखेका सपना साकार पार्ने जिम्मेवारी अबको नेतृत्वको काँधमा आउने भन्दै पार्टीका कर्णधारहरूले त्यसको जिम्मेवारी बुझेर अघि बढ्नुपर्ने सुझाए ।

नेपाली कांग्रेसको भ्रातृ संस्था प्रजातन्त्र सेनानी संघको महाधिवेशन २५ वर्षपछि हुन सकेको थिएन । १० फागुनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

प्रजातन्त्र सेनानी संघको पहिलो महाधिवेशन २०५३ मा भएको थियो । २०५६ मा दोस्रो महाधिवेशन हुनुपर्नेमा त्यसयता तदर्थ समितिबाट चल्दै आएको थियो ।


Published :७ फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media