काठमाडौँ । आजक नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । पछिल्ला तीन कारोबार दिनदेखि बढेर बन्द भएको बजारले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
यस दिन नेप्से परिसूचक ३.१४ अंक बढेर २७४३.७४ विन्दुमा पुगेको छ। पछिल्ला केहि कारोबार दिन निरन्तर रुपमा बढेकाे र लगानीकर्ताले नाफा सुरक्षित गर्दा बजार सुस्ताएको हो ।
नेप्सेसँगै यस दिन कारोबार रकम भने घटेको छ । बिहीबारको बजारमा ८ अर्ब ६२ करोड ७६ लाख रुपैयाँ बराबरकाे एक कारोड ५६ लाख ३७ हजार कित्ता शेयर खरिदबिक्री भएको हो । अघिल्लो कारोबार दिन १० अर्ब ४३ करोड ७० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियाे ।
यस दिन एउटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, विन नेपाल लघुवित्त वित्तीय संस्था र अपर हेवाखोला हाईड्रोपावर कम्पनीको मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । लक्ष्मी लघुवित्त र उपकार लघुवित्तको शेयर मूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ।
यस दिन बाराही हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेको छ । यस कम्पनीको आज ८.३५ प्रतिशतले शेयर मूल्य घटेको हो । गरिमा समृद्धि योजनाको इकाई मूल्य ७.७० प्रतिशतले बढेको हो ।