अमेरिकी भिसामा नयाँ नियमः १२ महिनामा भिसा नवीकरण गर्न पुनः अन्तर्वार्ता दिनुपर्ने

राष्ट्रपाटी न्युज

८ फाल्गुन २०८१

काठमाडौं । अमेरिकाले भिसा सकिएको ४८ महिनामा अन्तरवार्ता नगरिकन भिजा नवीकरण हुने प्रावधान हटाएको छ । नयाँ प्रावधानअनुसार ४८ महिनामा भिसा नवीकरण हुने कुरालाई घटाएर १२ महिनामा ल्याइएको छ ।

यस्तै, अब यस्ता लक्षित वर्गका सेवाग्राहीले अनिवार्य अन्तरवार्ता दिनुपर्ने भएको छ । यसअघि अन्तरवार्ता नगरिकन भिसा नवीकरण हुने प्रावधान रहेको एक भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

उच्च दक्ष पेशाकर्मीलाई दिइने एच-१बी, शैक्षिक कार्यक्रममा आएका अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिइने एफ-१ तथा छोटो समयमा आएका पर्यटक तथा व्यापारिक क्षेत्रको लागि दिइने बी१/बी२ भिजा लिनेहरुलाई यो प्रावधानले असर गर्ने बताइएको छ ।

यही मंगलबार अमेरिकाको स्टेट डिपार्टमेन्टले एक सन्देश जारी गरेर यस्तो जानकारी दिएको हो ।


Published :८ फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media