काठमाडौँ । देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। जसका कारण पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।
यसैगरी, राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया रहनेछ। कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।