शिवरात्रिका अवसरमा राष्ट्रपतिद्वारा पशुपतिनाथ मन्दिरमा पूजाआराधना एवं दर्शन

राष्ट्रपाटी न्युज

१४ फाल्गुन २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेका छन्। महाशिवरात्रि २०८१ का अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित बुधबार पशुपतिनाथको दर्शनसहित पूजाआराधना गरेका हुन्। उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन र फूलप्रसाद प्रदान गरेका थिए।

मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, स्थानीय नियकायका प्रतिनिधि, गुठी संस्थानका उच्चपदस्थ अधिकारीलगायतका कर्मचारीले स्वागत गरेका थिए। महाशिवरात्रिका अवसरमा हरेक वर्ष राष्ट्रप्रमुखद्वारा पशुपतिनाथको पूजाआराधना गर्ने परम्परा छ।


Published :१४ फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media