नेप्सेमा उच्च अंकको वृद्धि, ११ अर्ब ३९ करोडमाथिको कारोबार

राष्ट्रपाटी न्युज

१५ फाल्गुन २०८१

काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ४९.१५ अंकले बढेर २८१५.०४ विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्डेक्स २.१२ प्रतिशतले बढेर ४६९.८२ विन्दुमा अडिएको छ।

आज ३०० स्क्रिप्सको २ करोड ६१ लाख ९९ हजार ७८० कित्ता सेयर ११ अर्ब  ३९ करोड २४ लाख १ हजार  ८१५ रुपैयाँमा खरिदबिक्री भए। नेप्से परिसूचक दोहोरो अंकले बढ्दा ४ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

गार्डियन माइक्रो लाइफ,अपर हेवाखोला ,सिन्धुली विकास बैंक र दोर्दी खोला विद्युतको सेयर १० प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो।  सो कम्पनीको  ९६ करोड ४७ लाख  ३४ हजार  ६०८ मूल्यको सेयर कारोबार भएको छ।

नेपाल इन्स्योरेन्सको ७६ करोड,एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ४६ करोड,सिंगटी हाइड्रो इनर्जीको २४ करोड र कुमारी बैंकको २० करोड मूल्य बराबरको सेयर कारोबार भएको  छ। आज सबै समूहको उपसूचकमा हरियाली छाएको छ। यसदिन बैंकिङ समूहमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ। बैंकिङ समूहको उपसूचक सर्वाधिक ३.३२ प्रतिशतले बढेको हो।

कारोबारमा आएकामध्ये १६८ स्टक्सको मूल्य बढ्दा ५२ वटाको घटेको छ। ६ समूहको मूल्य भने स्थिर रह्यो।


Published :१५ फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media