१०४ बर्षिया अनक कुमारी थापालाइ बुढानीलकण्ठ- ९ को सम्मान

राष्ट्रपाटी न्युज

१६ फाल्गुन २०८१

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नं ९ निवासी १०४ बर्षिया श्रीमती अनक कुमारी थापालाइ वडा कार्यालयले सम्मान गरेको छ । तत्कालिन वागमती अञ्चल, नुवाकोट जिल्ला / सन्यानमा मिति १९७८/०२/१५ मा थापाको जन्म भएको थियो । उनले आफ्नो जीवनमा चितवन जिल्ला निवासी श्री कृष्ण बहादुर थापा संग वैवाहिक जीवन शुरु गरेकी थिइन् । दुई छोरा , ८ जना नाती नातिना, १२ जना पनाति/पनातिनि , २ जना खनाति/खनातिनी सहित वडा नम्बर ९ सृजना चोकमा स्थायी रुपमा बसोबास गर्दै आएकी १०४ बर्षिया श्रीमती अनक कुमारी थापालाइ वडा कार्यालयले सम्मान गरेको हो ।

उक्त दिन बुढानीलकण्ठ नगरपालिका वडा नं ९ को प्रशासनिक भवनको भव्य रुपमा उद्घाटन भएको छ। नवनिर्मित उक्त भव्य भवनको बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले हिन्दु धर्म संस्कृति अनुसार पुजा सहित रिबन काटेर उद्घाटन गरेका छन् ।

यही फागुन १४ गते, बुधवार शिवरात्रीको दिन आयोजना गरिएको समुद्घाटन कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख, उपप्रमुख , वडाध्यक्षहरु तथा सदस्यहरु ,प्रमुख प्रशासकीय अधिकृत, अधिकृत सहितका कर्मचारीहरु , नेकपा एमाले काठमाडौँका अध्यक्ष सहितको ठुलो पंक्ति ,वडाबासीहरु,नगरबासीहरु सहित सयौंको उपश्थिति रहेको थियो।

वडा नम्बर ९ का वडाध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेले जनप्रतिनिधि तथा वडावासीको साथ सहयोगका कारण प्रशासनिक भवन उद्घाटन गर्न सफल भएको भन्दै सबैप्रति आभार व्यक्त गरेकी थिइन् । त्यसैगरी उनले श्रीमती अनक कुमारी थापा जस्तै जेष्ठ नागरिकहरुको सम्मान र सेवामा वडा कार्यालय सधै तत्पर रहेको बताउदै भविष्यमा निरंतर रुपमा जेष्ठ नागरिक लक्षित गतिविधि संचालन गर्ने उद्घोष गरेकी थिइन् ।

 


Published :१६ फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media