आयातमा कर बढाउने निर्णयबाट पछि हटे ट्रम्प

राष्ट्रपाटी न्युज

फाल्गुन २३, २०८१

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात हुने सामानमा लगाउने भनिएको करको निर्णय एक महिनाका लागि रोकेका छन्।

आयातमा कर बढाउने निर्णयबाट ब्याक भएका ट्रम्पले क्यानडा र मेक्सिकोबाट थप सामान ल्याउने गरी हस्ताक्षर गरेका छन्।

अमेरिकाले आफ्ना पुराना व्यापारी साझेदारसँग दुई दिनमा दुई फरक निर्णय गरेको हो। ट्रम्पकै निर्णयका कारण वित्तीय क्षेत्रमा चिन्ता समेत छाउन थालेको छ।

अमेरिकाको यो निर्णयपछि मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सियनबोमले धन्यवाद ज्ञापन गरेकी छिन्। साथै क्यानडाका वाणिज्य मन्त्रीले क्यानडाले पनि अमेरिकी सामानमा लगाउने भनिएको करको निर्णयलाई अहिले रोक्ने निर्णय गरेको छ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रेडेउले दुई देश छिमेकी तथा सहयोगी देशको व्यापार युद्धले दुवै देशलाई घाटा हुने प्रतिक्रिया दिएका थिए।

बिहीबार अमेरिकाको शेयर बजारमा नकारात्मक असर परेको थियो। यसै कारण ट्रम्प आफ्नो निर्णयबाट पछि हटेका हुन्। (एजेन्सी)


Published :फाल्गुन २३, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media