काठमाडौं । नेकपा (एमाले) बुढानिलकण्ठ – ११ कमिटीको आयोजनामा जनसंवाद कार्यक्रम सम्पन्न भएको छ। बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ प्रगतिचोकमा आयोजित कार्यक्रममा नेकपा एमाले स्थाइ कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज डा राजन भट्टराई , प्रदेश कमिटी सदस्य तथा नगर प्रमुख मिठाराम अधिकारी , काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दिपक निरौला ,जिल्ला कमिटी सदस्य तथा बागमती प्रदेश सभा सदस्य जयराम थापा, जिल्ला सदस्य तथा बुढानिलकण्ठ – ११ का वडाध्यक्ष राजु अधिकारि, जिल्ला कमिटी सचिबालय सदस्य धुर्बराज न्यौपाने , बुढानिलकण्ठ नगर कमिटी अध्यक्ष प्रदिप डंगोल लगायत नेकपा एमालेका विभिन्न कमिटीमा रहेका नेता तथा कार्यकर्ताहरु सहित आमनागरिकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा नागरिकहरुले विभिन्न समस्या, गुनासा तथा सुझावहरु दिएका थिए भने नेकपा एमाले स्थाइ कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज राजन भट्टराई , प्रदेश कमिटी सदस्य तथा नगर प्रमुख मिठाराम अधिकारी, जिल्ला कमिटी सदस्य तथा बागमती प्रदेश सभा सदस्य जयराम थापा, जिल्ला सदस्य तथा बुढानिलकण्ठ – ११ का वडाध्यक्ष राजु अधिकारीले आफ्नो जवाफ तथा प्रतिबद्वता सहितको विचार राखेका थिए।
नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीको निर्देशन अनुसार संचालन गरिएको नागरिक सम्बाद कार्यक्रमको अध्यक्षता नेकपा (एमाले) बुढानिलकण्ठ – ११ कमिटीका अध्यक्ष कृष्ण भट्टराईले गरेका थिए भने सन्चालन उपाध्यक्ष प्रकाश कट्टुवालले गरेका थिए।