प्रतिनिधिसभाको चैत १५ सम्मको ‘क्यालेन्डर’ तयार

काठमाडौं । संघीय संसद् सचिवालयले चैत १५ गतेसम्मको प्रतिनिधिसभाको ‘क्यालेन्डर’ तयार गरेको छ । शनिबार (चैत २) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णयानुसार चैत १५ सम्मको उक्त क्यालेन्डर तयार गरिएको हो ।

क्यालेन्डरअनुसार, अब चैत ३, ४, ६, ७, १३, १४ र १५ गरी सात दिन बैठक बस्नेछ । चैत ३ गते बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची पनि तय गरिएको छ ।

आइतबार (चैत ३) बस्ने बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने र ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै, उनले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने जनाइएको छ ।


Published :१ चैत्र २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media