अझै थामिएन नेप्सेको ओरालो यात्रा

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबारदेखि ओरालो लागेको सेयर बजार अझैं पनि थामिएको छैन। आज सेयर बजार १४.८८ अंकले घटेर २६८२.१५ विन्दुमा अडिएको छ। साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २१.६४ अंकले घटेकोमा सोमबार १०.१४ अंक र मंगलबार ७.६६ अंकले घटेर बन्द भएको  थियो।

परिसूचक दोहोरो अंकले घटेपनि कारोबार रकम भने मंगलबारको तुलनामा सामान्य बढेको छ। यसदिन ३११ स्क्रिप्सको ९५ लाख ८३ हजार ८२९ कित्ता सेयर ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार ६४३ रुपैयाँमा खरिदबिक्री भए। मंगलबार ४ अर्बको कारोबार भएको थियो।

त्यसअघि सोमबार ५ अर्ब ४० करोड र आइतबार ६ अर्ब ८३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। नेप्से परिसूचक दोहोरो अंकले घट्दा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन।

मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक ९.३९ प्रतिशतले बढ्यो। गरिमा समृद्धि योजनाको ७.६९,भूगोल इनर्जी डेभलपमेन्टको ७.३५ र ग्रीन डेभलपमेन्ट बैंकको ७ प्रतिशतले बढ्यो। आज सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ९.२० प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २९ करोड ६७ लाख मूल्य बराबरको सेयर कारोबार भयो। एनआरएन इन्फ्रास्टक्चर  एण्ड डेभलपमेन्टको २३ करोड,नेपाल इन्स्योरेन्सको १७ करोड,ग्री डेभलपमेन्टको १५ करोड र हिमालयन पावरको १३ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएका ५३ वटा स्टक्सको मूल्य बढ्दा १८३ वटाको घट्यो। ७ स्टक्सको मूल्य भने स्थिर रह्यो। तीन समूहको उपसूचक बढ्दा अन्यको उपसूचक नकारात्मक देखिएका छन् ।


Published :५ चैत्र २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media