पाँच लाख बढी आप्रवासीको अस्थायी कानुनी वैधता भङ्ग गर्ने ट्रम्पको निर्णय

राष्ट्रपाटी न्युज

चैत्र ९, २०८१

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले पाँच लाख भन्दा बढी आप्रवासीको अस्थायी कानुनी वैधता भङ्ग गर्ने भएको छ।

त्यहाँको सङ्घीय सरकारले २४ अप्रिलमा उनीहरू अवैध हुने हुँदा त्यस अघि नै अमेरिका छाड्न सूचना जारी गरिएको छ।

यस अघि बाइडेन प्रशासनले सिएचएनभी कार्यक्रमको रूपमा प्रायोजन गर्दै ५ लाख ५३ हजार आप्रवासीलाई अमेरिका ल्याएको थियो।

सन् २०२२ मा बाइडेनले भेनेजुएलाका नागरिकबाट यो कार्यक्रम सुरु गरेका थिए। त्यसपछि अन्य देशमा पनि यो कार्यक्रम सरेको थियो।

शुक्रबार बाइडेनको कार्यक्रमले अमेरिकीको अवसर गुमेको भन्दै नयाँ सूचना जारी गरेको हो। यो निर्णयको असर क्युबा, हाइटी, निकारागुवा र भेनेजुएलाबाट अमेरिकामा पुगेका मानिसमा पर्नेछ।

यसैगरी रुस र युक्रेन युद्धको कारण अमेरिका पुगेका दुई लाख ४० हजार युक्रेनीको अस्थायी कानुनी मान्यता भङ्ग गर्ने योजनामा पनि ट्रम्प प्रशासन रहेको जनाइएको छ। (एजेन्सी)


Published :चैत्र ९, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media