काठमाडौं महानगर कार्यपालिका बैठकको माग

काठमाडौँ । काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरूले मेयर बालेन शाहसँग कार्यपालिका बैठक माग गरेका छन् ।

आइतबार मेयर शाहलाई १८ जना वडाअध्यक्ष र ५ जना कार्यपालिका सदसयहरूले संयुक्त हस्ताक्षर गर्दै ज्ञापन पत्र बुझाएर कार्यपालिका बैठक माग गरेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

महानगरमा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त रहनुको कारण के हो भन्दै ज्ञापन पत्र बुझाएको उनले बताए।

‘कार्यकारी नहुँदा सबै काम ठप्प भएको छ,’ उनले भने, ‘सोही विषयमा छलफल गर्न कार्यपालिका बैठक माग गरेका हौं।’


Published :९ चैत्र २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media