भारतको गुजरातमा पटाका गोदाममा विस्फोट, १७ जनाको मृत्यु

राष्ट्रपाटी न्युज

चैत्र २०, २०८१

काठमाडौँ । भारतको गुजरात राज्यमा एक पटाका गोदाममा भएको विस्फोटपछि आगलागी हुँदा १७ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

बनासकाँठा जिल्लाको डीसा नगरमा भएको यस घटनामा गोदामको केही भाग भत्किएको र कैयौँ मानिस फसेको भारतयि सञ्चार माध्यमले जनाएका छन् ।

मृतकमध्ये अधिकांश मजदुर रहेका छन् । शुरुमा ६ जनाको मृत्यु भएको खबर आएपनि आगो नियन्त्रणमा आएपछि खोजी गर्दा मृतक संख्या बढेको हो । घटनाका बेला कति मजदुरहरू उपस्थित थिए भन्ने अझै यकिन हुन सकेको छैन।

भारतीय प्रहरीले घटनाको अनुसन्धान शुुरु गरिसकेको जनाएको छ । भारतमा पटाका कारखाना र गोदामहरूमा सुरक्षाका मापदण्डहरू बेवास्ता गरिने भएकाले यस्ता दुर्घटना बारम्बार हुने गरेका छन । (एजेन्सी)


Published :चैत्र २०, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media