आजको मौसमः कोशी प्रदेशमा वर्षाको सम्भावना, काठमाडौंको प्रदूषण कायमै

राष्ट्रपाटी न्युज

चैत्र २४, २०८१

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको  छ।

काठमाडौं उपत्यकाको प्रदूषण अझै हटेको छैन।

आइतबार बिहान काठमाडौंको वायु शुद्धता सूचकांक (एक्युआई) २११ छ। यो भनेको हामीले सास फेर्ने तल्लो वायुमण्डल अत्यन्त विषाक्त रहेको छ।

मौसमविद सञ्जिव अधिकारीले प्रदूषण तत्काल हट्ने नदेखिएको बताए।

‘अहिले पनि काठामाडौंको पारदर्शिता कम नै छ,’ उनले भने।

तत्काल पानी पर्ने सम्भावना नरहेका कारण प्रदूषण हट्ने सम्भावना भोलिसम्मै नरहेको उनले बताए ।

आइतबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ।

कोशी प्रदेशमा क्षेत्रहरूमा बादल लाग्ने र एक-दुई ठाउँमा दिउँसो छिटपुट पानी पर्ने सम्भावना रहेको उनले बताए।

राति पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ।

मंगलबारदेखि भने तुलनात्मक रूपमा बादल बढ्ने र वर्षा पनि हुनसक्ने सम्भावना रहेको मौसमविद अधिकारीले बताए।


Published :चैत्र २४, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media