इजरायलले गाजामा आक्रमण गर्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

राष्ट्रपाटी न्युज

२६ चैत्र २०८१

काठमाडौं । इजरायली हवाई आक्रमणले गाजा सिटीको शुजैय्या क्षेत्रमा २९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ र ५० भन्दा बढी घाइते भएका छन् । यसैगरी, मलबामा केही मानिसहरू फसेका गाजा सिभिल डिफेन्सले जनाएको छ ।

गाजा सिभिल डिफेन्सका प्रवक्ता महमूद बसलले उद्धार टोलीहरूले मलबामा फसेका जीवित र मृतकहरूलाई निकाल्ने काम गरिरहेका बताए ।फिलिस्तीनी सुरक्षा स्रोतहरूले आक्रमणले आठ वटा घरलाई निशाना बनायो, जसले पुरै क्षेत्रलाई नष्ट गरेको छ । इजरायली सेनाले यस बारेमा केही बोलेको छैन ।

गाजा स्वास्थ्य अधिकारीहरूका अनुसार चौबिस घण्टामा ३६ शव र ४१ घाइते व्यक्तिहरू अस्पतालमा ल्याइएका छन् । गाजा स्वास्थ्य अधिकारीहरूका अनुसार इजरायलले १८ मार्चमा सैन्य कारबाही सुरु गरेपछि एक हजार ४८२ प्यालेस्टिनीको मृत्यु भएको छ भने तीन हजार ६८८ घाइते भएका छन् ।

साथै, इजरायली आक्रमणले नुसेइरात शहरमा दुई जनाको मृत्यु भएको र एक जनालाई घाइते बनाएको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा कम्तीमा ५० हजार ८४६ प्यालेस्टिनीको मृत्यु भएको छ । मन्त्रालयले मृतकमध्ये कति नागरिक वा लडाकूहरू थिए भनेर बताउँदैन । इजरायली आक्रमणमा थप एक लाख १५ हजार सात सय २९ जना घाइते भएको मन्त्रालयले बताएको छ । इजरायलले कुनै प्रमाण नदिई करिब २० हजार लडाकू मारिएको बताएको छ । (रासस)


Published :२६ चैत्र २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media