बिहारमा असिना पानीका कारण २५ जनाको मृत्यु

राष्ट्रपाटी न्युज

चैत्र ३०, २०८१

काठमाडौँ । भारतको पूर्वी राज्य बिहारका विभिन्न जिल्लाहरूमा असिना पानीका कारण २५ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार बिहारका मुख्यमन्त्री नितिश कुमारले मृतकको परिवारलाई ४ लाख भारतीय रुपैयाँ आर्थिक राहत दिने घोषणा गरेका छन् ।

भारतीय मौसम विभागले बिहारका १३ जिल्लामा मौसमसम्बन्धी जोखिमको चेतावनी जारी गर्दै आगामी दुई दिनसम्म सजग रहन स्थानीयहरूलाई निर्देशन जारी गरेको छ ।

विगत दुई दिनदेखि बिहारमा पानीजन्य प्रकोपका कारण मृतुकको सङ्ख्या बढिरहेको समाचारमा उल्लेख छ । (एजेन्सी)


Published :चैत्र ३०, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media