नेप्सेमा एकल अंकको गिरावट, ६ अर्ब २८ करोडको कारोबार

राष्ट्रपाटी न्युज

३० चैत्र २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ८.६२ अंकले घटेर २६६२.०८ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्ड‍ेक्स ०.४० अंकले बढेर ४४६.४४ विन्दुमा पुगेको छ।

यसदिन ३२२ स्क्रिप्सको १ करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर ६ अर्ब २८ करोड २ लाख ९६ हजार २४५ रुपैयाँमा खरिदबिक्री भए। नेप्से घटेपनि दुईवटा कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भयो। १२ प्रतिशत गु्डविल फाइनान्स र नेपाल माइक्रो फाइनान्सको सेयर १० प्रतिशतले बढ्यो।

यसैगरी क्रेष्ट माइक्रो लाइफ इन्स्योरे‍न्सको ९.९८ प्रतिशतले बढ्दा त्रिशूली जल विद्युतको ६.३०,एनआईबीएल स्टेबल फण्डको ५.२२ प्रतिशतले बढ्यो। यसदिन विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गु्माए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो।

बलेफी हाइड्रोपावरको ९.९८ प्रतिशतले घट्दा सिन्धु विकास बैंकको ९.०८ प्रतिशतले घट्यो। कारोबार रकमा आधारमा सीईडीबी होल्डिंक्स शीर्षस्थानमा रह्यो । सो कम्पनीको ४५ करोड ३२ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

एनआएरन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ४४ करोड,राधी विद्युतको ४३ करोड,हिमालयन रिइन्स्योरेन्सको ३९ करोड र नारायणी डेभलपमेन्टको २० करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये ८८ स्टक्सको मूल्य बढ्दा १५७ वटाको घट्यो। १ स्टकको मूल्य भने स्थिर रहयो।

चार समूहको उपसूचक बढ्दा अन्यको सूचक नकारात्मक देखिएका छन् ।


Published :३० चैत्र २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media