सर्वोच्चद्वारा जोशीलाई थुनामा पठाउनुको कारण माग

काठमाडौं । सर्वोच्च अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउनुको कारण पेश गर्न उच्च अदालत तुलसीपुरको बुटबल इजलासको नाममा आदेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले जोशीलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन मगाउन आदेश गरेको हो ।

बुटबलको सुप्रिम सहकारी ठगी प्रकरणका आरोपित एवं पूर्वडीआईजी जोशीले उच्च अदालतको आदेश बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दिएका थिए । त्यही निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले प्रतिवेदन मगाउन आदेश जारी गरेको हो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेयता थुनामै रहेका जोशीलाई जिल्ला अदालत रुपन्देहीले थुनामा पठाउनुपर्ने भनी गरेको आदेशलाई उच्च अदालत तुलसीपुरको बुटबल इजलासले पनि सदर गरेको थियो ।


Published :२ बैशाख २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media