कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि हुने

राष्ट्रपाटी न्युज

बैशाख ८, २०८२

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेबाट शुरु गर्ने भनिएको कक्षा १२ को परीक्षा अब वैशाख २१ गतेदेखि हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि मंगलाबर (आज) बसेको बोर्ड बैठकले परीक्षा तत्कालका लागि स्थगित गरेर २१ गतेदेखि गर्ने निर्णय गरेको हो।

बालुवाटारमा प्रधानमन्त्री ओलीसँग परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेले छलफल गरेका थिए । छलफलमा प्रधानमन्त्री ओलीले हालको जटिल परिस्थिति ध्यानमा राखेर केही समयका लागि परीक्षा स्थगित गर्न निर्देशन दिएका थिए ।

यसअघि बोर्डले शिक्षक आन्दोलनका बाबजुद पर्सि वैशाख ११ गतेदेखि परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो । शिक्षकहरू कक्षाकोठामा नफर्किएको अवस्थामा निजामती कर्मचारी परिचालन गरेर परीक्षा सञ्चालन गर्ने विकल्पमा पनि सरकारको तयारी थियो ।

तर परिस्थितिले थप चुनौतीपूर्ण रुप लिँदै गएपछि अन्ततः पूर्वनिर्धाति परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरिएको बोर्डले जानकारी दिएको छ ।


Published :बैशाख ८, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media