नेप्सेमा सामान्य अंकको वृद्धि, १० अर्बमाथिको कारोबार

राष्ट्रपाटी न्युज

बैशाख १३, २०८२

काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३.५८ अंकले बढेर २६६१.६० विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्डेक्स  ०.४० प्रतिशतले बढेर ४५९.०८ विन्दुमा पुगेको छ।

सेयर बजार सामान्य अंकले बढेपनि कारोबार रकम भने १० अर्ब नाघेको छ। यसदिन ३१४ स्क्रिप्सको २ करोड ८४ लाख ३८ हजार ४२८ कित्ता सेयर १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार १४४ रुपैयाँमा खरिदबिक्री भए।

दुई कम्पनीको सेयर करिब १० प्रतिशतले बढेको छ। नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर ९.९९ प्रतिशतले बढ्यो। विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा नगदी  ग्रुप शीर्षस्थानमा रह्यो। सो कम्पनीको ८६ करोड १७ लाख मूल्य बराबरको सेयर कारोबार भयो। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ५६ करोड मूल्य बराबरको सेयर कारोबार हुँदा राधी विद्युतको ५६ करोड,हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्टको ५२ करोड र  हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको ४७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये १०४ स्टक्सको मूल्य बढ्दा १४१ वटाको  घट्यो। यसदिन ६ वटा समूहको उपसूचक बढ्दा ७ वटाको घट्यो।  होटेल्स एण्ड टुरिजम,हाइड्रोपावर,इन्भेष्टमेन्ट,मनु एण्ड प्रो र म्युचुअल फण्ड समूहको उपसूचक सकारात्मक देखिएका हुन्।


Published :बैशाख १३, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media