लुम्बिनीलाई विश्वकै आध्यात्मिक केन्द्रको रूपमा पहिचान गराउन सरकार प्रतिबद्व

राष्ट्रपाटी न्युज

बैशाख २९, २०८२

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी भएको बताएका छन्। सोमबार २५६९ औं बुद्व जयन्ती एवम् लुम्बिनी दिवस २०८२ को मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन्।

मन्त्री पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन,चिन्तन र मनन केन्द्रको रूपमा पहिचान गराउन सरकार प्रतिवद्व रहेको बताए। उनले लुम्बिनीको बृहत् हितका लागि अन्तर्राष्ट्रिय समितिलाई पुन: सक्रिय बनाउने विश्वास व्यक्त गरे।

उनले भैरहवा विमानस्थल सञ्चालनका लागि सरकार संवेदनशील भएर लागेको बताए। काठमाडौं बाहिर रहेका भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि बनेको कार्ययोजना तयार भई लागू भएपनि कार्यान्वयनमा अझै केही समस्या रहेको उनको भनाइ छ।

उनले आगामी जेठ सात गते प्रधानमन्त्रीसहित अन्तरमन्त्रालयको बैठक बसी समस्या समाधान गरिने समेत विश्वास व्यक्त गरे।


Published :बैशाख २९, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media