एलन मस्कले छाडे ट्रम्प प्रशासनसँगको सहकार्य

राष्ट्रपाटी न्युज

जेष्ठ १५, २०८२

काठमाडौँ । अमेरिकी बिलिनियर एलन मस्कले राष्ट्रपति ट्रम्प प्रशासनसँगको सहकार्य छाड्ने भएका छन्। अमेरिकाको खर्च कटौती निकायका कार्यरत मस्कले सो काम छाड्ने बताएका छन्। यसै वर्ष स्थापित डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसेन्सीमा मस्क आबद्ध छन्।

हरेक वर्ष १३० काम गर्ने गरी मस्कलाई विशेष सरकारी कामदारको रूपमा नियुक्त गरिएको थियो। २० जनवरीका दिन ट्रम्प दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गरेपछि ट्रम्पले मस्कलाई नयाँ जिम्मेवारी दिएका थिए।

मस्कले यो काम गर्ने अवसर दिएकोमा राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन्। उनको सामाजिक सञ्जालमा काम नलाग्ने खर्च कटौती गर्न आफूलाई जिम्मेवारी दिएकोमा सबैलाई आभार व्यक्त गरेका छन्।

ट्रम्पले ल्याएको ‘बिग ब्युटिफुल’ विधेयकमा असहमति जनाएपछि मस्कको डोगका कार्यकाल सकिएको हो। सो विधेयक मार्फत सैन्य खर्च बढाउने कुरामा उनको अनुपस्थिति भएको हो। (एजेन्सी)


Published :जेष्ठ १५, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media