अस्ट्रियाको एक विद्यालयमा गोलीकाण्ड, ११ जनाको मृत्यु

राष्ट्रपाटी न्युज

जेष्ठ २८, २०८२

काठमाडौँ । अस्ट्रियाको ग्राजस्थित एक माध्यमिक विद्यालयमा मंगलबार भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या ११ पुगेको छ।

यसलाई त्यहाँ अहिलेसम्मकै सबैभन्दा ठूलो गोलीकाण्ड ठानिएको बीबीसीले जनाएको छ।

यस घटनाका लागि अस्ट्रियामा तीन दिनको शोक घोषणा गरिएको छ।

मृतकहरूलाई आज बुधबार श्रद्धाञ्जली दिइँदै छ।

अस्ट्रियन प्रहरीका अनुसार विद्यालयमा गोली चलाउने व्यक्ति २१ वर्षका थिए। उनी यही विद्यालयको पूर्वविद्यार्थी भएको त्यहाँका गृहमन्त्री गेरहार्ड कार्नरले बताएका छन्।

ती व्यक्तिले गोली हानेर ९ विद्यार्थी मारिसकेपछि स्कुलको बाथरुम गएर आत्महत्या गरेको अधिकारीहरूले बताएका छन्।

यस आक्रमणको पछाडिको उद्देश्य अझै थाहा छैन। प्रहरीले अनुसन्धान गरिरहेको छ।

आक्रमणमा एउटा लामो बन्दुक र एउटा ह्यान्डगन प्रयोग गरिएको प्रहरीले बताएको छ। (एजेन्सी)


Published :जेष्ठ २८, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media