गत २४ घण्टामा इजरायली आक्रमणमा परी गाजामा १२० जनाको मृत्यु

राष्ट्रपाटी न्युज

जेष्ठ २९, २०८२

काठमाडौँ । इजरायली बन्दुकधारीको आक्रमणबाट गाजामा २४ घण्टाको अन्तरालमा १२० जनाको ज्यान गएको छ।

यसरी मारिने मध्य भोकमरीको अभावमा रहेर खाद्यान्नको खोजीमा रहेका दर्जनौँ छन्। हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार बिहान यता राहत लिन हिँडेका मध्य ५७ जनको ज्यान गएको छ।

सो राहत गाजा ह्युमनेटेरियन फाउन्डेसन (जिएजएफ)ले प्रदान गर्दै आएको हो। रफाह र नेतजारिक कारिडोरमा सो राहत वितरण भइरहेको छ। सो कार्यक्रम २७ मेमा सुरु भएको हो।

नेतजारिक कोरिडोरमा अहिले धेरै आक्रमण भइरहेको छ। इजरायली डिफेन्स फोर्सले भने सो स्थानमा हमासका कार्यकर्ता रहेका कारण आक्रमण गरिएको बताउँदै आएको छ ।


Published :जेष्ठ २९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media