एसका सांसद मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा जाहेरी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा जाहेरी परेको छ ।

दाङ-१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य चौधरीविश्रद्ध जाहेरीपश्चात प्रहरीले मुद्दा दर्ताको प्रक्रिया थालेको हो ।

प्रहरी स्रोतका अनुसार चौधरीविरुद्ध ५ करोड ४० लाखको चेक अनादरमा मुद्दा प्रक्रिया अघि बढेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी चक्र बहादुर शाहले सांसद चौधरीविरुद्ध हुलाक मार्फतबाट चेक अनादरमा जाहेरी आएको बताएका छन् । जाहेरीमाथि अनुसन्धान भइरहेको र मुद्दा दर्ताको प्रक्रियामा रहेको शाहले बताए ।


Published :असार ५, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media