सुदूरपश्चिम विश्वविद्यालयमा १४ साउनमा स्ववियू निर्वाचन

राष्ट्रपाटी न्युज

असार २१, २०८२

काठमाडौँ । महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन हुने भएको छ।

विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन गर्ने निर्णय भएको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिए।

उनले भर्ना हुन बाँकी सबै निकायमा असार ३० गतेभित्र भर्ना गराउने निर्णय गरिएको बताए। यसअघि सुदूरपश्चिमा दुई पटक निर्वाचनको मिति तोकिएर अन्तिम समयमा रोकिएको थियो ।


Published :असार २१, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media