टेक्सास बाढीः मृतकको सङ्ख्या ६८ पुग्यो

राष्ट्रपाटी न्युज

असार २३, २०८२

काठमाडौँ । अमेरिकाको टेक्सासमा बाढीबाट मर्नेको सङ्ख्या बढी रहेको छ। केयर काउन्टीमा २८ बालबालिकासहित कम्तीमा ६८ जनाको ज्यान गएको छ।

यसैगरी अन्य काउन्टीमा कम्तीमा १० जनाको ज्यान गएको छ भने ४१ जना हराइरहेका छन्। केयरका सेरिफ लेरी लियथाका अनुसार हराइ रहेका १० जना छात्राको खोजी कार्य अझै जारी छ।

एक काउन्सिलर पनि हराइरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्भवतः शुक्रबार टेक्सास जाने सम्भावना छ। टेक्सासामा अबको २४ घण्टादेखि ४८ घण्टाको बीचमा अझै मेघ गर्जने भविष्यवाणी गरिएको छ । (एजेन्सी)


Published :असार २३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media