टेक्सस । अमेरिकाको टेक्सासमा बाढीका कारण ज्यान जानेको सङ्ख्याको १०९ पुगेको छ भने १६१ जना अझै हराइरहेका छन्।
त्यहाँका सुरक्षाकर्मीले बेपत्ताको खोजी कार्य तीव्र रूपमा भइरहेको दाबी गरेका छन्। हराउनेको सङ्ख्या एकदमै धेरै भए पनि उपलब्धि प्राप्त हुन नसकेको टेक्सासका गभर्नर ग्रेग एबोटले जानकारी दिए। उनले २८ वटा निकाय खोजी कार्यमा सक्रिय रहेको बताएका छन्।
राहत कार्यक्रममा दक्षिणी सीमाबाट मेक्सिकोको राहत टोली प्रवेश गरेर पनि सहयोग गरेको छ। अमेरिकी सरकारले मेक्सिकोको राहत टोली प्रति विशेष आभार व्यक्त गरेको छ। मेक्सिकोबाट १३ जनाको उद्धार टोली अमेरिका पुगेको थियो।