युद्धविराम गर्न डोनबास रुसलाई दिने कुरा कुनै पनि हालतमा नस्वीकार्ने जेलेन्स्कीको अडान

राष्ट्रपाटी न्युज

साउन २८, २०८२

काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध विरामका लागि डोनबास रुसलाई दिने कुरा कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्।

रुसलाई डोनबास दिएमा त्यहीँ भाग भविष्यमा आक्रमण गर्नका लागि प्रयोग हुन सक्ने सम्भावना रहने जेलेन्स्कीले औँल्याएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन र जेलेन्स्कीका बीचमा शुक्रबार अलास्कामा हुन लागेको वार्ताको पूर्व सन्ध्यामा उनको यो भनाइ सार्वजनिक भएको हो।

अमेरिकी राष्ट्रपति ट्रम्पले शान्ति स्थापनाका लागि कुनै पनि भूभाग दिने कुरा हुनसक्ने बताएका छन्। वार्ताको तयारी भइरहेको समयमा पनि रुसी सेनाले आफूलाई अघि बढाइ रहेको छ। छोटो समयमा नै डोरोप्रिलामा १० किलोमिटर कब्जा गरेको छ।

जेलेन्स्कीले धेरै स्थानमा रुसी सेना अघि बढी सकेको बताउँदै युक्रेनी सेनाले यसलाई रोक्न सक्ने बताएका छन्। शुक्रबार ट्रम्पसँगको भेटमा पुटिनले के कुराको माग गर्न सक्छन् भन्ने कुराको अहिलेसम्म आधिकारिक जानकारी आएको छैन। मस्कोले अहिले लोहन्सक पूर्ण रूपमा नियन्त्रणमा लिइसकेको छ भने डोन्सटकको ७० प्रतिशत क्षेत्र नियन्त्रणमा लिएको छ । (एजेन्सी)


Published :साउन २८, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media